site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानी राष्ट्रपतिको मृत्युमा हमासले भन्यो– दुःखमा इरानको साथमा छौँ
SkywellSkywell

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्युबारे हमासले आधिकारिक प्रतिक्रिया जनाएको छ । हमासले भनेको छ, “अल्लाहको मर्जिका साथ हाम्रो समवेदना इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनाइ, इरान सरकार र इरानका जनतामा रहेको छ ।” 

दुःख र समस्याको स्थितिमा हमास इरानको साथमा रहेको उसले जनाएको छ । “दुर्घटनामा इरानका ती नेताको ज्यान गएको छ, जसले इरानको हितका लागि लामो लडाईं लडे । र, हाम्रो लडाईंमा पनि पूरा सहयोग दिए,” हमासले भनेको छ ।

Dabur Nepal
NIC Asia

यहुदीको ‘अत्याचार’विरुद्धमा प्यालेस्टाइन र प्यालेस्टाइन लडाईंमा उनले आफूहरूलाई सदैव साथ दिएको हमासले स्मरण गरेको छ । “हामीलाई भरोसा छ कि इरानका जनता यो दुःखद् दुर्घटनाबाट बाहिर निस्कन सफल हुनेछन्,” हमासले अगाडि भनेको छ, “इरानका जनतामा यसखालको दुर्घटना सामना गरेको पुरानो इतिहास रहेको छ ।” 

इरानका राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको आज पुष्टि भएको थियो ।बीबीसी


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu