अर्थ व्यवसाय
काठमाडौं । पारामाउन्ट मोटर्सले नेपालमा चिनियाँ वुलिङ ब्रान्डको बिंगो विद्युतीय गाडी सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पारामाउन्ट मोटोर्सले वुलिङ बिंगो नेपालमा सार्वजनिक गरेको हो ।
वुलिङले प्रिमियम ह्याचब्याक सेगमेन्टको यस गाडीको १० लाख युनिट सबैभन्दा छिटो बेच्ने कम्पनी बनेको दाबी गरेको छ ।
गाडीमा ३१.९ किलोवाट आवरको ब्याट्री रहेको छ । यसले ३३३ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
नेपालमा गाडीको अहिले एउटामात्रै भेरियन्ट ल्याइएको छ । गाडीको सुरुवाती मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ १७:१२
प्रतिक्रिया दिनुहोस्