site stats
बाह्रखरी :: Baahrakhari
देश
भरुवा बन्दुक ‘फायर’ गरेपछि...
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । एकनाले भरुवा बन्दुक एकथानसहित डडेलधुराबाट एकजना पक्राउ परेका छन् । आलिताल गाउँपालिका–२, खोलेखरका २८ वर्षीय डम्बरबहादुर थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मादकपदार्थ सेवन गरी आफ्नै काका नाता पर्ने ५१ वर्षीय रमेश थापासँग वादविवादका क्रममा उनले भरुवा बन्दुक ‘फायर’ गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । शनिबार (हिजो) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्