बाह्रखरी फोटो
काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आन्दोलन गरेको छ ।
आइतबार माइतीघर मण्डला क्षेत्रमा नेविसंघले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दिनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ १६:०१
प्रतिक्रिया दिनुहोस्