site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रिमियर लिगको उपाधि छिनोफानो आज : सिटी र आर्सनलमा को बन्ला च्याम्पियन ?

काठमाडौं । पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको म्यानचेस्टर सिटीले वेस्ट हमविरुद्ध इत्तिहाद रंगशालामा जित निकाले लगातार चौथोपटक प्रिमियर लिगको उपाधि जित्नेछ ।

तर, सिटीभन्दा दुई अंकले पछाडि रहेको आर्सनल घरेलु मैदान इमिरेट्स रंगशालामा एभर्टनलाई हराए र सिटी वेस्ट हमसँग पराजित भए सन् २००४ पछि प्रिमियर लिगको च्याम्पियन बन्नेछ ।

Dabur Nepal
NIC Asia

ग्वार्डिओलाको टिमले बराबरी खेल्दा आर्सनलले जित निकाले दुवै टिमले समान ८९ अंकसहित प्रिमियर लिग टुंग्याउनेछन् । यस्तो भए गोलआधारमा सिटीभन्दा (६०) अघि रहेको आर्सनल (६१) च्याम्पियन बन्नेछ ।

सिटीका मुख्य प्रशिक्षक ग्वार्डिओला भन्छन्, “भाग्य हाम्रो हातमा छ । तर, उनीहरूले अंक गुमाउँछन् भन्ने सोच्नु र एभर्टनले केही गर्नेछ भन्ने सोच्नु गलत हो । मैले पूरा सिजन आर्सनलको खेल हेरेको छु ।”

उनले थपे, “हामी वेस्ट हमविरुद्ध के गर्ने भन्नेबारे मात्रै सोच्दै छौँ । यसबाहेक मैले अरू केही सोचेको छैन ।”

आर्सनलका प्रशिक्षक माइकल अर्टेटा भन्छन्, “जादु पहिलेदेखि नै भइरहेको छ । उपाधि छिनोफानो अन्तिम खेलबाट हुनु त्यही कुरा हो, जो हरेक फुटबल समर्थक चाहन्छन् ।”

प्रिमियर लिगको शीर्ष स्थानमा आसीन सिटीले ३७ खेलबाट ८८ अंक जोडेको छ । समान खेलबाट ८६ अंकसहित आर्सनल तालिकाको दोस्रो स्थानमा छ । यी दुईबाहेक शीर्ष चारमा लिभरपुल र एस्टोन भिल्ला छन् । लिभरपुलको ७९ र ४१ वर्षपछि च्याम्पियन्स लिगमा छनोट भएको एस्टोन भिल्लाको ६८ अंक छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro