site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मोदीको चुनावी र्‍याली हेर्न पुगे नेपाली राजदूत, भने– नेपालकै जस्तो

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर पूर्वी दिल्लीमा शनिबार सम्बोधन गरेको चुनावी र्‍याली हेर्न नयाँ दिल्लीस्थित नेपालसहित केही देशका राजदूतहरू नै पुगेको पाइएको छ । 

भारतीय समाचार एजेन्सीहरूका अनुसार कूटनीतिज्ञहरूको टोलीमा भारतका लागि नेपालका राजदूत डा. शंकरप्रसाद शर्मा तथा सिंगापुरका दिल्लीस्थित हाइ कमिस्नर सिमोन वोङलगायत ६ राजदूत पुगेका थिए ।

समाचार एजेन्सी एएनआईका अनुसार  नेपालका राजदूत शर्माले प्रतिक्रिया दिँदै सो कार्यक्रम नेपालको जस्तै भएको जनाएका थिए । उनले प्रधानमन्त्री समेत सहभागी र्‍यालीको प्रत्यक्ष अनुभव गर्न पाएकोमा गौरव लागेको समेत जनाएका छन् । उनले भारत प्रजातन्त्रको आमा तथा विश्वकै सबैभन्दा ठूलो प्रजातन्त्र भएको समेत जनाएका छन् । 

भारतका प्रधानमन्त्री मोदीले सन् २०२४ को लोकसभा निर्वाचनअन्तर्गत राष्ट्रिय राजधानी नयाँ दिल्लीमा शनिबार पहिलोपटक चुनावी र्‍यालीलाई सम्बोधन गरेका हुन् । सो अवसरमा उनले विपक्षी कंग्रेसको आलोचना गर्दै उसको घोषणापत्र मुस्लिम लिगको जस्तो भएको जनाएका थिए ।

भारतमा अहिले लोकसभाको निर्वाचन जारी छ । अप्रिल १९ मा पहिलो चरणको निर्वाचन भएकोमा अहिलेसम्म चार चरण पूरा भएको  छ र जुन १ मा सातौँ तथा अन्तिम चरणको निर्वाचन हुनेछ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro