विदेश
अफगानिस्तान । मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा तीन स्पेनिस नागरिक भएको पुष्टि भएको छ । तीमध्ये दुई महिला र एक पुरुष रहेका स्थानीय प्रहरी अधिकारीले शनिबार बताएका छन् ।
उक्त घटनामा स्पेन, नर्वे, अस्ट्रेलिया र लिथुआनियाका चार नागरिक घाइते भएका बाम्यानका प्रान्तीय प्रहरी प्रवक्ता मुहम्मद खवानी रसाले बताए ।
विदेशीबाहेक गोली हानाहानमा एक अफगानी नागरिक मारिनुका साथै अरू तीन अफगानी घाइते भएका आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतीन कानीले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।
उक्त घटनाको अनुसन्धानका क्रममा चार संदिग्धलाई पक्राउ गरिएको पनि कानीले उल्लेख गरेका छन् । रासस/सिन्ह्वा
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१ १५:४२
प्रतिक्रिया दिनुहोस्