site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’
Dabur Nepal
NIC Asia

काठमाडौं । ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ले ओपनिङ सिनेमाका रूपमा ‘गाउँ आएको बाटो’ देखाउने भएको छ ।  

ओपनिङ सिनेमाको रूपमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को अमेरिका प्रिमियर हुने भएको छ । जुन २० मा यो चलचित्र स्क्रिनिङ हुनेछ । 

आमोद राईले निर्माण गरेको चलचित्रमा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रशन राईको अभिनय छ ।
 
फेस्टिभल समापन चलचित्रको रूपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ । फिडेल देवकोटाले निर्देशन गरेको यो चलचित्र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा शीर्ष भूमिकामा छन् ।
 
आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीका अनुसार फेस्टिभल जुन २० देखि २३ (असार ६ देखि ९)सम्म आयोजना हुनेछ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro