राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले गृहमन्त्रीको नाम उल्लेख नगरी सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सकिने बताएका छन् ।
शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा पाण्डेले गृहमन्त्री रवि लामिछानेको नभई संलग्न भएको भनिएका सहकारीको नाम उल्लेख गरी समिति बनाउन सकिने बताए ।
अहिलको अवस्थामा संसदीय समिति गठन गर्नैपर्ने उनको भनाइ छ । उनले सबैको छानबिन गर्दा गृहमन्त्री संलग्न रहेको पुष्टि भए पनि/नभए पनि निकास निस्किने जिकिर गरे ।
त्यस्तै, उनले प्रधानमन्त्रीको विश्वासको मतको विषयमा पार्टीले छलफल गरेर आवश्यक निर्णय गर्ने जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ १६:४९
प्रतिक्रिया दिनुहोस्