site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुरी र भारी वर्षाबाट अमेरिकामा चारजनाको मृत्यु, १० लाख घर विद्युत्‌विहीन 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell
KFC Island Ad
NIC Asia

टेक्सास । हुरी र मुसलधारे पानीका कारण अमेरिकामा चारजनाको मृत्यु भएको छ । बिहीबार अबेर र शुक्रबार बिहान आएको हुरी र मुसलधारे पानीका कारण अमेरिकाको टेक्सास र लुजीआनामा १० लाख घर विद्युत्‌विहीन भएका छन् ।

हाउस्टनका मेयरका सञ्चार विभाग प्रमुख स्यामुअल पेनाका अनुसार गम्भीर मौसमका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ । रुख ढल्दा दुईजनाको मृत्यु भएको थियो भने क्रेन दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो । 

खराब मौसमका कारण भवनहरू भत्किनुका साथै ढलेका रुखले बाटो छेकेको छ । ९ लाख ३४ हजार घर टेक्सासमा र एक लाख ६६ हजार घर जुजिआनामा विद्युत्‌विहीन भएको जनाइएको छ । खराब मौसमका कारण गल्फ कोस्ट (दक्षिणी अमेरिका)का करिब तीन करोड मानिस जोखिममा परेको उल्लेख गरिएको छ । सीएनएन

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro