site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चन्द्रागिरी र काठमाडौं महानगर गोदावरी मेयर कपको फाइनलमा 

काठमाडौं । गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उपाधिका निम्ति चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिकाले प्रतिस्पर्धा गर्ने भएका छन् । 

बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् । ललितपुरको च्यासल खेल मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा महालक्ष्मी नगरपालिकालाई १–० ले हराउँदै चन्द्रागिरी नगरपालिका फाइनलमा प्रवेश गरेको हो । चन्द्रागिरीले खेलको ५५औँ मिनेटमा महालक्ष्मीका निशान रावलको आत्मघाती गोल उपहार पाएको थियो । सो खेलको म्यान अफ दि म्याच चन्द्रागिरीका सिल्भा कन्दाग्वा घोषित भए । उनलाई गोदावरी नगरपालिकाकी उपमेयर लक्ष्मी मर्हजनले पाँच हजार नगद र ट्रफी प्रदान गरेका थिए । 

यस्तै, खेलमा उदयमान खेलाडीको ट्रफी महालक्ष्मीका निशान बस्नेतले पाए । उनलाई महालक्ष्मीकी उपमेयर मर्हजन र गोदावरी नगरपालिका वडा नम्बर १० मा रहेको वेलकम पार्र्टी प्यालेसका सञ्चालक सुबास पुडासैनीले संयुक्तरूपमा ट्रफी प्रदान गरे । यसैगरी अर्को सेमिफाइनल खेलमा मध्यपुर थिमि नगरपालिकालाई १–० ले नै हराएर काठमाडौं महानगरपालिकाले फाइनलमा स्थान सुरक्षित गरेको छ । 

महानगरका लागि मनिष सेढाइँले गरेको गोल निर्णायक बन्यो । उनले खेलको ५३औँ मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ दी म्याच काठमाडौंका अनिल खड्का घोषित भए । उनलाई मध्यपुर थिमिका प्रवक्ता कृष्णहरि आचार्यले ट्रफी र पाँच हजार नगदको चेक हस्तान्तरण गरे । खेलमा मध्यपुरका अमर श्रेष्ठ उदयमान खेलाडी घोषित भए । उनलाई प्रतियोगिता संयोजक निरोज बज्राचार्यले सो ट्रफी प्रदान गरे । 

वर्षाका कारण गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा खेल हुन नसकेपछि दुवै सेमिफाइनलका खेल च्यासलमा खेलाइएको थियो । फाइनल खेल भने झ्यालुन्टार मैदानमै खेलाइने छ । सो खेल शनिबार दिउँसो हुनेछ । 

प्रतियोगितामा उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेता टिमले पाँच लाख र उपविजेताले तीन लाख पुरस्कार पाउने छन् । यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro