site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हैदराबाद बन्यो प्लेअफमा पुग्ने तेस्रो टिम

काठमाडौं । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ । बिहीबार गुजरात टाइटन्ससँग हुने तालिका रहेको खेल वर्षाका कारण रद्द भएपछि हैदराबाद १५ अंकसहित प्लेअफमा पुगेको हो ।

हैदराबादले १३ खेलबाट १५ अंक जोडेको छ । त्यो चौथो स्थानको चेन्नाई सुपर किंग्स र पाँचौँको दिल्ली क्यापिटल्सको भन्दा समान एक अंक धेरै हो । १४ खेलबाट १२ अंकको गुजरात भने तालिकाको आठौँ स्थानमा छ ।

प्रतियोगितामा शीर्ष स्थानमा रहँदै कोलकाता नाइट राइडर्सले यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ । कोलकाताले १३ खेलबाट १९ अंक जोडेको छ । समान खेलबाट १६ अंकको राजस्थानले पनि प्लेअफमा स्थान बनाइसकेको छ ।

गुजरात टाइटन्स, पञ्जाब किंग्स र मुम्बई इन्डियन्स भने प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro