खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति हाल वेस्ट इन्डिजमा रहेको नेपाली टिमले दोस्रो अभ्यास खेलमा विन्डवार्ड्स भोल्कानोजविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ ।
नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङको निर्णय गर्दै घरेलु टिमलाई फिल्डिङमा निम्त्याएका हुन् ।
यसअघि पहिलो खेलमा नेपालले भोल्कानोजविरुद्ध चार विकेटको जित निकालेको थियो ।
दोस्रो खेलमा आज नेपाली सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१ २०:२१
प्रतिक्रिया दिनुहोस्