विदेश
![बाइडेन र ट्रम्पबीच जुन २७ मा पहिलो ‘डिबेट’ हुने](https://12khari.top/uploads/posts/baiden-trump1-1715830576.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेन र राष्ट्रपतिका अर्का उमेदवार डोनाल्ड ट्रम्पबीच आउँदो जुन २७ मा सीएनएनमा प्रेसिडेन्सियल ‘डिबेट’ हुने भएको छ । त्यसमा दुवै उमेदवारले सहमति जनाएका छन् ।
त्यसपछि दुवैबीच एबीसीमा सेप्टेम्बर १० मा दोस्रो डिबेट हुने जनाइएको छ ।
ट्रम्पले अक्टोबरमा फक्स न्युजमा तेस्रो डिबेट राख्न प्रस्ताव गरे पनि त्यसमा सहमति भइनसकेको जनाइएको छ । बीबीसीबाट ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१ ०९:२२
प्रतिक्रिया दिनुहोस्