site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
द नेपाल डिस्टीलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडकबत्ती जडान

काठमाडौं । नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘द नेपाल डिस्टीलरिज’ले काठमाडौं महानगरपालिका–१६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरिदिएको छ ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन तथा सो क्षेत्रको सौन्दर्यीकरणका लागि यस्तो सहयोग गरेको हो ।

सडकबत्तीको व्यवस्था भएसँगै बालाजु सडक क्षेत्र उज्यालो भएको छ । व्यवस्थित सडकबत्तीले सो क्षेत्रको सौन्दर्य र सुरक्षामा समेत अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ ।

स्थानीय समुदाय यस पहलबाट धेरै लाभान्वित भएका छन् । खुकुरी रमको उत्पादक द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभास लामिछानेले यो कार्यले कम्पनी र स्थानीयबीच सम्बन्ध प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।  

Global Ime bank

“सामुदायिक प्रतिनिधिको हैसियतमा बालाजु सडक क्षेत्रमा हाम्रो सहयोगमा पोलसहितका सडकबत्ती जडान भएको देखेर हामी खुसी छौँ । यस पहलले निःसन्देह यस क्षेत्रको सौन्दर्य र सुरक्षा बढाउनेछ,” उनले भने, “हामीलाई विश्वास छ कि यसले हाम्रो उद्योग समेत रहेको क्षेत्रका बासिन्दाका लागि थप जीवन्त र स्वागतयोग्य वातावरण सिर्जना गर्नेछ । हामी यसको सकारात्मक प्रभावको अपेक्षा पनि गर्दछौँ ।”

वडा नम्बर १६ का कार्यवाहक वडाध्यक्ष पुष्प महर्जनले द नेपाल डिस्टीलरिजको सहयोगप्रति आभार प्रकट गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu