site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
योजना आयोगका उपाध्यक्ष अधिकारीले लिए शपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा उनले शपथ लिएका हुन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहेका  डा अधिकारी बिहीबार उपाध्यक्षमा नियुक्त भएका थिए ।

साथै, उपाध्यक्ष अधिकारीसमक्ष आजै आयोगका नवनियुक्त सदस्यहरू डा आरपी बिच्छा, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डनले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । आजको शपथमा आयोगका नवनियुक्त सदस्य गंगादत्त अवस्थी भने अनुपस्थित थिए ।

त्यस अवसरमा उपप्रधानमन्त्रीहरू, मन्त्रीह, प्रधानमन्त्रीका सल्लाहकार मुख्यसचिवलगायतका व्यक्तित्वको उपस्थिति थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro