site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लक्ष्मी सनराइज बैंकको ‘बचतको सम्मान र सही लगानी’ सन्देशमूलक भिडियो सार्वजनिक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो नयाँ ब्रान्ड भिडियो ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । दुई मिनेट २० सेकेन्डको यस भिडियोमा बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्‍याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ ।

भिडियोको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ । जम्मा गरेको जस्तै स–साना बचत मिसिएर जलविद्युतजस्ता ठूला परियोजनामा लगानी भई कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनि पढ्न पाउँदछ ।

लक्ष्मी सनराइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्वितर्फ अघि बढाउँछ भनेर भिडियोले देखाएको छ ।

बैंकमा विश्वासका साथ जम्मा भएको रकम ठूला परियोजना मात्र नभई साना परियोजनाहरूलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरू प्रवाह गर्दछ । यस्ता कर्जाले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुआतका कथाहरू पनि यस भिडियोमा समेटिएको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro