site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ब्रिटिस कलेजका एसीसीए विद्यार्थी विश्व टपरको सूचीमा

काठमाडौं । ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा खत्री विश्व टपरको दर्जामा पर्न सफल भएकी छिन् ।

ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी खत्रीले ‘ट्याक्सेसन’ विषयको परीक्षामा विश्वस्तरिय नतिजा ल्याएकी हुन् ।

गत जुन महिनामा सम्पन्न ट्याक्सेसन विषयको परीक्षामा ९४ प्रतिशत अंकसहित खत्री विश्वकै शीर्ष तीनमा पर्न सफल भएको कलेजले जनाएको छ ।

Dabur Nepal
NIC Asia

image-1722006970.png
 

ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरूले निरन्तर रूपमा विश्वस्तरिय नतिजाहरू ल्याइरहेको कलेजको भनाइ छ ।
यसअघि सन् २०२३ को जुन महिनामा भएको ट्याक्सेसन विषयको परिक्षामा दिपांशु थापाले ९८ प्रतिशत अंक ल्याएर विश्वकै दोस्रो स्थान र ९७ प्रतिशत अंक ल्याएर हर्षवर्धन शाहले तेस्रो स्थान हासिल गरेको कलेजले जनाएको छ ।

यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक विजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रतिशत अंक ल्याएर दोस्रो स्थान हासिल गरेका थिए । रिया मानन्धर र रेजिका महर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेको कलेजले जनाएको छ ।

विश्वस्तरिय नतिजा प्राप्त गरेपछि उनले खुसी व्यक्त गरेकी छन् । “नेपालको सन्दर्भमा ब्रिटिस कलेजले प्रदान गरिरहेको एसीसीए शैक्षिक कार्यक्रम उत्कृष्ट छ । राम्रो नतिजाको कारण ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय अवार्डहरू समेत पाएको छ । म यस कलेजमा सन् २०२३ को जुलाईमा भर्ना भएको हुँ । यस कलेजले विश्वस्तरिय सुविधाहरू प्रदान गर्नुको साथै यहाँका शिक्षकहरू पनि प्रतिष्ठित हुनुहुन्छ । त्यसैले इच्छुक विद्यार्थीहरूलाई पनि ब्रिटिस कलेज छनोट गर्नको लागि आग्रह गर्दछु,” खत्रीको भनाइ उद्धृत गर्दै कलेजले भनेको छ ।

एसीसीए शैक्षिक कार्यक्रमको सिनियर प्रोग्राम म्यानेजर दीपेन्द्रकुमार श्रेष्ठले ब्रिटिस कलेजले प्रदान गरिरहेको एसीसीए कार्यक्रमको नेपालमा राम्रो चर्चा रहेको दाबी गरे ।

एसीसीए विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा विस्तार भइरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा फैलिएको एसीसीएमा पाँच लाख ३५ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro