site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची : ९ विषय समावेश
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद् सचिवालयले बिहीबारको प्रतिनिधिसभा बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको कार्यसूचीमा ९ विषय समावेश गरिएको छ । सार्वजनिक भएको सम्भावित कार्यसूचीको ८ नम्बर बुँदामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रोस्ट्रम चढ्न दिने उल्लेख छ । 

उक्त बुँदामा गृहमन्त्री रवि लामिछानेले “राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् चल्न दिएको छैन । सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री लामिछाने दोषी भएको आरोप कांग्रेसको छ । कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय  समितिको माग गरिरहेको छ । माग पूरा नभएसम्म सदन चल्न नदिने नीति कांग्रेसको छ । 

गृहमन्त्री लामिछानेले प्रस्तुत गर्ने भनिएको राजनीतिक दलसम्बन्धी विधेयक सदनको अघिल्लो अधिवेशनमै प्रस्तुत गर्ने तयारी थियो । कांग्रेसले गृहमन्त्रीलाई रोकेको थियो । बजेट अधिवेशनमा पनि जबसम्म छानबिन समिति बन्दैन संसदीय गतिविधि अघि बढ्न नदिने कांग्रेसले बताइसकेको छ । 

Global Ime bank

यता, गृहमन्त्री लामिछानेले पनि आफूले सदनमा बोल्न पाउनुपर्ने भन्दै निरन्तर माग गर्दै आएका छन् । जसको मारमा सदन परेको छ । नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सदनमा टेबुल हुन सकेको छैन भने राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत हुन सकेको छैन । 

यस्तै, बजेट अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुनुपर्ने कार्यसूचीहरू पनि प्रस्तुत हुन सकेको छैन । 

यस्ता छन् बिहीबारको बैठकका लागि सम्भावित कार्यसूची 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu