site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सफाइ पाएपछि सन्दीपले भने– देशलाई जहाँ पुर्‍याएको थिएँ, अब अझ माथि पुर्‍याउँछु

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानले अब देशलाई अझै माथि पुर्‍याउने बताएका छन् ।

बुधबार उच्च अदालत पाटनबाट सफाई पाएपछि छोटो प्रतिक्रया दिँदै उनले आफूले पहिलो दिनदेखि नै निर्दोष रहेको बताउँदै आएको बताए ।

"एक वर्षभन्दा धैरै भयो । पहिलो दिनदेखि नै मैले आफू निर्दोष छु भनेर भनिरहेको थिएँ । धेरै नै तरिकाले मलाई नभएको अपराधको दोषी खडा गरिएको थियो । अन्तत: हामी यहाँसम्म आइसकेका छौँ । मैले पहिले पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेकै हो, आज पनि उच्च अदालतको फैसलाको सम्मान गरेर अगाडि बढ्नेछु । जतिले पनि मलाई साथ दिनुभएको थियो, आभारी छु । आगामी दिन नेपाललाई जहाँ मैले पुर्‍याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्‍याउनेछु," उनले भने ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई बदर गरेर सन्दीपलाई सफाइ दिएको हो ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro