site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सगरमाथाको आरोहण आज पनि नहुने, हराइरहेका दुईजनाको खोजी जारी
फाइल तस्बिर
Dabur Nepal
NIC Asia

काठमाडौं । सगरमाथाको आरोहण कार्य बुधबार पनि नहुने भएको छ । प्रतिकूल मौसमका कारण बुधबार पनि सगरमाथाको आरोहण कार्य हुन नसक्ने पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । मंगलबार पनि प्रतिकूल मौसमका कारण सगरमाथाको आरोहण कार्य हुन सकेको थिएन । 

“सगरमाथाको क्याम्प चारभन्दा माथिको मौसमी प्रतिकूलताको कारण हिजो कुनै पनि टिमको समिट हुन सकेन र आज कुनै पनि समिट नहुने जानकारी पर्यटन विभागको फिल्ड कार्यालय, सगरमाथा बेसक्याम्पले जनाएको छ,” निर्देशक गुरुङले भने । 

आरोहणका क्रममा हराएका दुई मंगोलियन आरोहीहरूको खोज तथा उद्धार कार्य भइरहेको पनि उनले जानकारी दिए । उद्धारका लागि दुई शेर्पालाई मंगलबार नै पठाइएको र उनीहरू प्रतिकूलताका कारण क्याम्प चारमै रोकिएको उनले बताए । साथै उद्धारका लागि थप दुई शेर्पा हाल क्याम्प तीन नजिक पुगेको निर्देशक गुरुङले जानकारी दिए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro