site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारको नीति तथा कार्यक्रम : स्वास्थ्यमा छैनन् बलिया योजना 

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरे । सरकारले आगामी आर्थिक वर्षका निम्ति तय गरेका योजना तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र भने निकै कमजोर देखिएको छ । कतिपय गएको आर्थिक वर्षमा तय भएका तर अघि नबढेका योजना तथा कार्यक्रमलाई समेत यो वर्ष स्थान दिइएको छैन । 

कार्यक्रममा उदयपुर, मोरङ, पर्सा, चितवनलगायतका स्थानमा मा मेडिकल कलेज स्थापनाका निम्ति आवश्यक तयारी अघि बढाउने उल्लेख छ । चालु आर्थिक वार्षका निम्ति ल्याइएको नीति तथा कार्यक्रममा निजामती कर्मचारीसहित संघ अन्तर्गतका सबै अस्पताललाई ‘शिक्षण अस्पताल’का रूपमा विकास गरिने योजना थियो, जसको काम अघि बढ्न सकेको छैन । 

हाल सञ्चालनमा रहेका शिक्षण अस्पतालहरूलाई पनि पूर्ण क्षमतामा चलाउने सरकारको गएको वर्षको योजना नै पुरा हुन सकेको छैन । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै वर्ष ३०० शय्याको मेडिकल कलेज र प्राविधिक कार्यक्रम सञ्चालनमा ल्याइने कार्यक्रममा उल्लेख छ, जुन वर्षौंदेखि अल्झिँदै र दोहोरिँदै आएको योजना पनि हो ।

Dabur Nepal
NIC Asia

पछिल्ला पाँच खाद्य तथा औषधि प्राधिकरण (एफडीए) को अवधारण आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको छैन । बरु औषधिको समुचित प्रयोग तथा सुरक्षित खाद्य उपयोग सुनिश्चित गर्न खाद्य तथा औषधि नियमनको संस्थागत व्यवस्था गरिने भनिएको छ । त्यो अहिलेकै दुई निकायबाट हुने हो वा नयाँ निकाय खडा गरिने हो स्पष्ट छैन । 

स्वास्थ्य सेवामा चरम जनशक्ति अभाव खड्किरहेको अवस्थामा वीर, ट्रमा र कान्ति बाल अस्पतालबाट दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रमको योजना कति व्यवहारिक होला ? सोचनीय छ ।

संघीय अस्पतालहरूको स्तरोन्नति, प्रादेशिक अस्पतालहरूको शय्या वृद्धि, नागरिक आरोग्य कार्यक्रमको विस्तार, जेरियाट्रिक सेवा विस्तारलगायतका पुरानै कार्यक्रमलाई पनि नीति तथा कार्यक्रमले निरन्तरता दिएको छ । 

आगामी पाँच वर्षका लागि चिकित्सा क्षेत्रका विभिन्न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आकलन गरी तदनुरूप पठन पाठनको व्यवस्था गरिने पनि सरकारको पुरानै नीति हो ।  

चालु आर्थिक वर्षमा तय भएका प्रदेशस्तरमा सुपर स्पेसियालिटी अस्पताल, सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना लगायतका कार्यक्रमलाई यो नीति तथा कार्यक्रमले छोएको छैन । 

निर्माणाधीन आधारभस्त अस्पताल शीघ्र सम्पन्न गर्ने, निर्माणकार्य सकिएको शीघ्र सञ्चालन गर्नेजस्ता योजना पनि सरकारका पुरानै एजेन्डा हुन् । 

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको सबै सामुदायिक अस्पतालहरूमा एक चिकित्सक/स्वास्थ्यकर्मी कार्यक्रम लागु गर्ने योजना योवर्ष हल्लाको विषय भए पनि कार्यान्वयन हुन सकेन । आगामी आर्थिक वर्षमा सो योजनाबारे बोलिएको छैन । 

गैरसरकारी निजी तथा सांगठनिक सबै क्षेत्रलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्ने व्यवस्था गरिने भनेर नीति तथा कार्यक्रममा उल्लेख हुँदै गर्दा अहिलेको झन्झटिलो बिमा सेवालाई सहज बनाउने उपायबारे कार्यक्रमले बोलेको छैन । 

मानसिक स्वास्थ्य तथा नसर्ने रोगको नियन्त्रणका कार्यक्रममा केही सरकारको बलियो योजना देखिँदैन । स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती बन्दै गएका यी दुई पाटोमा नीति तथा कार्यक्रमले समुदायमा आधारित सचेतना कार्यक्रम सञ्चालन गरिने बताएर टालटुले योजनामात्रै उल्लेख छ । 

केही नयाँ र आशलाग्दा योजना पनि 

मुलुकको एकमात्र सरकारीस्तरको औषधि उत्पादन कम्पनी तथा औषधि प्रयोगशालाको अवस्था धराशायी बनिरहेका बेला यी दुवैलाई स्तरोन्नति गर्ने सकारात्मक अवधारणा नीति तथा कार्यक्रमले अघि सारेको छ । औषधिमा आत्मनिर्भर हुन निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिने भनिएको छ ।

वैकल्पिक, प्राकृतिक, आयुर्वेद, परम्परागत चिकित्सा पद्धतिको अनुसन्धान विकास र विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । योग र ध्यानको सन्देश विश्वभर फैलाउने गरी योगध्यान पर्यटन प्रवर्धन गर्ने आशलाग्दो योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।

सार्वजनिक प्रशासन शिक्षा स्वास्थ्य पर्यटन र सामाजिक विकासको क्षेत्रमा योग ध्यानका बौद्धिक र वैज्ञानिक पद्धतिलाई मूल प्रवाहीकरण गरी स्वास्थ्य र नैतिकवान समाज निर्माण गर्न संघ, प्रदेश र स्थानीयस्तरमा योग र ध्यानको अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro