site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यसपटक नीति तथा कार्यक्रममा क्रमिक सुधारका कार्यक्रम छन् : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका सांसद स्वर्णिम वाग्लेले विगतको तुलनामा यसपटक नीति तथा कार्यक्रममा केही सुधारका कुरा राखिएको बताएका छन् ।

मंगलबार संसद् भवनबाहिर प्रतिक्रिया दिँदै सांसद वाग्लेले गएका वर्षहरूका नीति तथा कार्यक्रमहरूमा बजेटसँग तालमेल नहुने समस्या रहेको तर यसपटक सामान्य सुधार गरिने कुरा राखिएको बताए ।

“गएका वर्षहरूमा नीति तथा कार्यक्रम र बजेटको तादम्यता थिएन, कर्मकाण्डी मात्र थियो,” उनले भने, “यसपालि ठूला–ठूला कुरा नगरौँ । तर, क्रमिक सुधारहरू चाहिँ हरेक मन्त्रालयमा गरेर हेरौँ भन्ने बिउ चाहिँ लगभग सबै मन्त्रालयमा राखेको मैले पाएको छु ।”

उनले दर्जनौँ सुधारका योजना नीति तथा कार्यक्रममा समावेश भएको बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro