site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा कांग्रेसको नाराबाजी
फाइल तस्बिर ।

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले नाराबाजी गरेका हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बैठकमा सम्बोधनका लागि राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची छ । तर कांग्रेसको अवरोध कायम राखेको छ । 

Argakhachi Cement Island Ad

कांग्रेसले सहकारी अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुुसन्धान गर्नका लागि संसदीय छानबिन समिति नबनाएसम्म सदन चल्न नदिने अडान राखिरहेको छ । 

कांग्रेसले छानबिन समितिको माग राख्दै केही समययता संसद् अवरोध गर्दै आइरहेको थियो । बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र त्यसपछि अवरोध कायम राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्