काठमाडौं । सरकारले राष्ट्रिय कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलीजेन्स–एआई) रणनीति तयार गर्ने बताएको छ । एआई राणनीति तयार पार्दै यसको प्रयोगसम्बन्धी सम्भाव्यता अध्ययन गरिने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । विद्युतीय प्रणालीहरूबीच अन्तरआबद्धता कायम गर्ने, इन्टरनेट तथा डाटा एक्सचेन्ज प्लेटफर्म निर्माण गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।
सरकारले नेपाललाई ग्लोबल सूचना–प्रविधि हबको रुपमा विकास गर्ने र देशभर उपयुक्त स्थानमा सूचना प्रविधि वर्कस्टेसन सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
यी हुन् नीति तथा कार्यक्रममा समेटिएका सूचना, सञ्चार तथा प्रविधि क्षेत्रका ११ विषय :