site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सगरमाथा आरोहणका क्रममा दुई मंगोलियन नागरिक सम्पर्कविहीन
फाइल तस्बिर ।

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका क्रममा मंगोलियाका दुई नागरिक सम्पर्कविहीन भएका छन् । 

सम्पर्कविहीन भएकामा ५३ वर्षीय उसुख्जर्गल सेदेन्दम्बा (पासपोर्ट नं. ई२६९८२८६) र ३१ वर्षीय पुरेवसुरेन लखगवजव (पासपोर्ट नं.पीई०३२९१९८) छन् । 

पर्यटन विभागका अनुसार उनीहरू एट के. एक्सपिडिसन् प्रा.लि.एजेन्सीमार्फत सगरमाथा आरोहण गर्न गएका थिए । उनीहरू सगरमाथा आधारशिविरमा वातावरण अनुकूलित भई सगरमाथा आरोहणका लागि मे १० मा दोस्रो शिविरतर्फ गएका थिए ।

उनीहरू मे ११ मा तेस्रो शिविरमा बसी मे १२ मा चौथो शिविरतर्फ हिँडेको र सोही दिन चौथो शिविरबाट सगरमाथा चुचुरोतर्फ साँझ ७ बजे प्रस्थान गरेको विभागले जनाएको छ । 

अन्तिममा मे १३ (वैशाख ३१ गते) को बिहान ८ः४५ बजे ट्याग नेपालको आरोहण दलले चचुरोतर्फ गइरहेको देखेको र हाल आरोहीहरू सम्पर्कविहीन भएको विभागद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

आरोहण व्यवस्थापन गर्ने एजेन्सी एट केले सगरमाथा आधारशिविरमा रहेको विभागको फिल्ड कार्यालयसँग समन्वय गरी गरिरहेको जनाएको छ । उनीहरू हराएको सम्भावित माथिल्ला शिविरहरूमा खोज तथा उद्धार कार्य गरिरहेको जानकारी पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति (खुम्बु क्षेत्र)का सदस्य सचिव एवं पर्यटन विभागको फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro