देश
काठमाडौं । सरकारले औषधिमा आत्मनिर्भर हुन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले औषधि तथा अत्यावश्यक वस्तुमा आत्मनिर्भर हुनेगरी उद्योगको क्षमता वृद्धि र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने जानकारी दिएका हुन् । “औषधिमा आत्मनिर्भर हुन निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिनेछ,” उनले भने ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १६:०९
प्रतिक्रिया दिनुहोस्