site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थप १५ हजार ५०० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरिने
फाइल तस्बिर ।

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार पाँच सय हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्नेे जानकारी दिएको छ । 

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै सो जानकारी दिए । 

उनले तराई मधेसका तीन लाख १८ हजार हेक्टर खेतीयोग्य जमिनमा स्यालोट तथा डिप ट्युबेलबाट सिँचाइ सेवा विस्तार गरिने बताए । 

उनले पहाडमा सिँचाइ पुर्‍याउन एकीकृत नदी बेसी सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यक्रम अघि बढाइने पनि बताए । 

“प्रदेश र स्थानीय तहको सहकार्यमा लिफ्ट एवम् भूमिगत सिँचाइका लािग विद्युत् सुविधा उपलब्ध गराइनेछ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro