site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्रमा क्रमशः सुधार हुँदैछ : राष्ट्रपति
SkywellSkywell

काठमाडौं । सरकारले वित्त तथा मौद्रिक नीतिको सामञ्जस्य कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको बताएको छ । 

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसद्मा पेस गर्दै यस्तो बताएका हुन् । उनले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा सामञ्जस्यताले अर्थतन्त्रमा सुधार भएको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको उनले बताए । मूल्य वृद्धिदर पनि घटेकको पनि उनले बताए । 

Dabur Nepal
NIC Asia

उनले भने, "वित्त तथा मौद्रिक नीतिको सामञ्जस्य कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको छ । मूल्य वृद्धिदर घटेको छ । कानूनहरुमा सुधार गरी लगानीको वातावरणमा सुधार गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम उच्च रहेको छ ।"

उनले बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताए । शोधनान्तर र चालु खाता बचतमा रहेको पनि बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu