site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
च्याटजीपीटीको नयाँ संस्करण : महिलाको आवाजमा प्रतिक्रिया दिने, गणित हल गर्न सिकाउने

काठमाडौं । अमेरिकी आर्टफिसियल कम्पनी ओपनएआईले यसको च्याटबट च्याटजीपीटीलाई सञ्चालन गर्ने नयाँ संस्करण सार्वजनिक गरेको छ ।

च्याटजीपीटी यसअघि जीपीटी–थ्री भाषा मोडलमा आधारित थियो । अब कम्पनीले चाँडै सबै प्रयोगकर्ताका निम्ति जीपीटी–फोरओ सार्वजनिक गर्ने भएको हो । ओपनएआईले जीपीटी–फोरओ चाँडै सार्वजनिक गर्न लागिएको सोमबार जनाएको छ ।

जीपीटी–फोरओ सार्वजनिक भएपछि च्याटजीपीटीसँग बालेर समेत अन्तरक्रिया गर्न सकिनेछ । सोधिएका प्रश्नहरूको जवाफ यसले महिलाको आवाज प्रयोग गरेर दिने ओपनएआईले जनाएको छ ।

जीपीटी–फोरओले मान्छेको अनुहार हेरेर त्यसका आधारमा भावना पहिचान गर्न सक्ने समेत जनाइएको छ । यसले तस्बिर हेर्न/पढ्न सक्ने र अनुवाद समेत गर्न सक्ने बताइएको छ ।

कुराकानी वा प्रश्न तथा जवाफका क्रममा यसलाई बीचमै रोक्न पनि सकिनेछ । पहिलेको संस्करणभन्दा यसले अझै छिटो जवाफ दिन सक्नेछ ।

भिडियो मोडबाट कागजमा लेखिएको गणितको समीकरण देखाएपछि यसले कसरी समाधान गर्ने भनेर जवाफ समेत दिनेछ ।

ओपनएआईकी चिप टेक्नोलोजी अफिसर मीरा मुरातीले जीपीटी–फोरओबाट मानिस र मेसिनबीचको भविष्यको अन्तरक्रियालाई परिवर्तन गर्न खोजिएको बताएकी छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro