
मुम्बई । भारतको मुम्बईमा सोमबार आएको तुफान र वर्षाको क्रममा होर्डिङबोर्ड खस्दा आठजनाको मृत्यु भएको छ । ६० भन्दा धेरै घाइते भएका छन् ।
प्रहरीका अनुसार दिउँसो करिब ४ः३० बजे आएको तुफानमा घाटकोपर इलाकाको समता कोलोनीस्थित रेलवे पेट्रोल पम्पको छेउमा लगाइएको होर्डिङबोर्ड खसेको थियो । उक्त बोर्ड ७० मल्टिप्लाई ५० मटिरको थियो ।
अधिकारीहरूका अनुसार उक्त होर्डिङबोर्ड पेट्रोल पम्पमा खसेको थियो, जहाँ वर्षा र तुफानका कारण धेरै मानिस रोकिएका थिए । राति अबेरसम्म घाइतेलाई जोगाउने प्रयास भएको थियो । अझै पनि केही मानिस फसेको अनुमान गरिएको छ ।
मुम्बई महानगरपालिकाका आयुक्त भूषण गगराणीले राजाबाडी अस्पतालमा ६४ जना भर्ना गरिएको जनाएका छन् । राज्यका मुख्यमन्त्री एकनाथ शिंदेले दुर्घटनास्थल निरीक्षण गर्दै होर्डिङबोर्डको स्पेसल स्ट्रक्चरल अडिट गरिने जनाएका छन् । बीबीसी