site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पाँच वर्षमा पहिलोपटक प्रदेश र स्थानीय तह घाटामा

काठमाडौं । गत आर्थिक वर्षमा प्रदेश सरकार र स्थानीय तह दुवै घाटामा गएको देखिएको छ । विश्व बैंकको पछिल्लो नेपाल वित्तीय संघीयता अपडेटअनुसार, सन् २०१९ यता पहिलोपटक २०२३ मा प्रदेश र स्थानीय तह घाटामा गएका हुन् ।

विश्व बैंकको उक्त प्रतिवेदनानुसार, आर्थिक वर्ष २०७९/०८० मा सातै प्रदेश सरकार कुल गार्हस्थ उत्पादन (जीडीपी)को ०.३ प्रतिशत घाटामा थिए । संघीय सरकारले दिने अनुदान र आफ्नो राजस्व संकलन घटेको तर खर्च बढेकाले प्रदेश सरकार घाटामा गएको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तहहरू पनि कुल गार्हस्थ उत्पादन (जीडीपी)को ०.४ प्रतिशत घाटामा छन् । स्थानीय तहहरूको खर्च केही घटेको भए पनि अनुदान र राजस्व संकलन बढी घट्दा घाटामा गएको देखिएको छ ।

ewfdg-1715599640.jpg

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro