site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एपीएफको लगातार दोस्रो जित 
Tiktok banner adTiktok banner ad

काठमाडौं । ललितपुर मेयर महिला च्याम्पियनसिपमा विभागीय टोली एपीएफले लगातार दोस्रो जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपीएफले वाग्मती प्रदेशविरुद्ध आठ विकेटको सहज जित निकालेको हो । 

खेलमा वाग्मतीले प्रस्तुत गरेको ७४ रनको लक्ष्य एपीएफले ११ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । एपीएफको जितमा ओपनर मम्ता चौधरीले ३५ रन बनाइन् । उनले ३२ बलमा पाँच चौका प्रहार गरिन् । यस्तै, इन्दु वर्माले १७, कप्तान सीता रानामगरले ११ र राजमती ऐरीले १० रन थपिन् । वाग्मतीकी खुसी डंगोलले एक विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङमा आएको वाग्मतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७३ रनको योगफल खडा गरेको थियो । 

वाग्मतीकी हेलिशा गुरुङले ३१ र खुसी डंगोलले १४ रन थपिन् । यसबाहेक, वाग्मतीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । वाग्मतीलाई सस्तैमा रोक्न एपीएफकी करुणा भण्डारीले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी करुणाले १० रनमात्रै खर्चिइन् । 

यस्तै, कप्तान रानामगरले दुई विकेट हात पारिन् । प्रतियोगितामा लगातार दोस्रो जित निकालेको एपीएफ चार अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि अंकविहीन वाग्मती तालिकाको चौथो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro