site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस दलको विवादले कोसीमा प्रदेशसभा बैठकमा ढिलाइ
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशसभाको बैठक सञ्चालन हुन ढिलाइ भएको छ । कांग्रेस संसदीय दल बैठक बस्न समय लागेका कारण बैठक सञ्चालनमा ढिलाइ भएको हो । 

कांग्रेस संसदीय दलभित्र बैठक सञ्चालन हुन दिने वा नदिने भन्नेबीच विवाद भएपछि दलको बैठक बस्न समय लागेको हो । 

कोसीमा केदार कार्की आठ सांसदको साथ लिएर नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन भएदेखि नै विवाद थियो । विवाद मिलाउन कांग्रेस केन्द्रीय नेता मीन विश्वकर्मा विराटनगर आइपुगेका छन् । कांग्रेस दलका उपनेता हिमाल कार्कीले भने, “दलको एउटै मत बनाउन केन्द्रीय नेता आउनुभएको हो ।” विश्वकर्माले पार्टीको सन्देश लिएर आएको कार्कीले जानकारी दिए । 

प्रदेशसभा सचिवालयका अनुसार बैठक सञ्चालन गर्न सूचना जारी भएको दुई घण्टाभित्र बस्नुपर्छ । सचिवालयले कार्यव्यवस्था बैठक बसेर दिउँसो पौने १ बजे बैठक सुरु हुने जनाएको छ । 

आज मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने सूचना सचिवालयमा दर्ता गराएका छन् । उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादीले पक्षमा मत दिने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro