site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घटेको ब्रोकर कमिसन भोलिदेखि लागु ः सरोकारवाला के भन्छन् ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जेठ १ गते (भोलि)देखि घटेको ब्रोकर कमिसनदर लागु गर्दै छ । लगानीकर्ताले लामो समयदेखि ब्रोकर कमिसन घटाउन माग गर्दै आएका थिए ।

अब न्यूनतम कारोबारका आधारमा ०.२४ देखि अधिकतम ०.३६ प्रतिशत कमिसन निर्धारण गरिएको छ । यसअघि, न्यूनतम ०.२७ र अधिकतम ०.४० प्रतिशतसम्म कमिसन लिने गरिएको थियो । अब घटेको बजारमा ब्रोकरहरूको आम्दानीमा कमी आउने निश्चित छ ।

ब्रोकर कमिसन घटाउने निर्णय समय सान्दर्भिक नभएको भन्दै कतिपय लगानीकर्ताले असन्तुष्टि समेत व्यक्त गरेका छन् । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ब्रोकर कमिसन घटाउन लगानीकर्ताले वर्षौँअघिदेखि माग गर्दै आएको बताइन् ।

Dabur Nepal
NIC Asia

“हामीले ब्रोकर कमिसन घटाउनुपर्छ भनेर पहिलेदेखि नै माग गर्दै आएका थियौँ । घट्नु लगानीकर्ताका लागि सुखद कुरा नै हो,” उनले बाह्रखरीसित भनिन्, “तर, बजार विकासका लागि यो मात्र पर्याप्त हैन । बजारलाई जरैबाट मजबुत बनाउनुपर्छ ।”

नवप्रवेशी लगानीकर्ता बजारबाट बाहिरिएको उनले उल्लेख गरिन् । ती लगानीकर्ता फर्काउन सरकारले उचित नीतिगत सुधार गर्नुपर्नेमा उनले जोड दिइन् । बजार विकासका निम्ति सरकारले बजेटमा नै प्याकेज ल्याउनुपर्ने उनको भनाइ छ ।

कतिपयले बजार विकासका लागि नेपाल राष्ट्र बैंकले उचित कदम चाल्नुपर्ने बताउँदै आएका छन् । ब्रोकर कमिसन घटाएर मात्र बजार माथि उठ्न नसक्ने सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुलेल बताउँछन् ।

“ब्रोकर कमिसन घट्नु लगानीकर्ताका लागि खुसीको कुरा हो । तर, यो मात्रै अहिलेको समस्याको पर्याप्तता हैन,” कार्यवाहक अध्यक्ष फुलेलले भने, “तर, नेपाल राष्ट्र बैंकले जसरी लोनको सीमा तोकेको छ, यसले बजारलाई प्रभाव पारेको छ ।”

विश्वको कमिसनसँग तुलना गर्दा अहिले पनि नेपालको महँगो भएको फुलेल बताउँछन् । ब्रोकर कमिसन अझै घटाउन पहल गर्ने उनले सुनाए । “ब्रोकर कमिसन नेपालको कन्टेन्टमा महँगो छ । बोर्डलाई हामी फेरि पनि कमिसन घटाउन अनुरोध गर्न जान्छौँ,” उनले भने । राष्ट्र बैंकको नीतिले बजारलाई ‘हिट’ गरेकाले त्यसलाई ‘करेक्सन’ गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

५० हजार रुपैयाँसम्मको कारोबारमा यसअघि ०.४० प्रतिशत कमिसन लाग्दै आएको थियो । अब भने ०.३६ प्रतिशत लाग्नेछ । ५० हजारभन्दा माथि पाँच लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिसन लाग्दै आएको थियो । अब ०.३३ प्रतिशत लाग्नेछ ।

यस्तै, पाँच लाखभन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन लाग्दै आएको थियो । अब ०.३१ प्रतिशत लाग्नेछ ।

२० लाखदेखि एक करोडसम्मको कारोबारमा अब ०.२७ प्रतिशत कमिसन लाग्नेछ । यही कारोबारमा यसअघि ०.३० प्रतिशत लाग्दै आएको थियो ।

यसअघि, एक करोडभन्दा माथि जतिसुकै कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्दै आएको थियो । अब ०.२४ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ ।

ब्रोकरको मात्र कमिसन घटाइएको भनेर पनि कतिपय असन्तुष्ट देखिएका छन् । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लिने कमिसन पनि घटाउनुपर्नेमा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटा जोड दिन्छन् । ब्रोकरको आम्दानीमा प्रहार गरिएको उनको टिप्पणी छ ।

“धितोपत्र बोर्डले त राम्रो हुन्छ भनेर नै यो निर्णय लिएको होला, तर अहिले कारोबार नै नभएको अवस्थमा यस्तो निर्णय गर्नु हुँदैन थियो,” उनले भने, “सबै स्टेक होल्डरको घटाउने भनेर बजारमा प्रचार गर्छ । तर, हाम्रो मात्र कमिसन घटाएको छ । यो न्यायोचित भएन ।”

कमिसनदर हेरफेर हुँदा नयाँ–नयाँ प्रोडक्ट बजारमा ल्याउने बोर्डले ०५० सालदेखि भनेको उनले उल्लेख गरे । तर, अहिलेसम्म केही नयाँ प्रोडक्ट थप्न नसकेको सापकोटाले बताए । खर्च बढिरहेको अवस्थामा ब्रोकरलाई टिकाउने योजना ल्याउनुपर्ने उनको भनाइ छ । घटेको बजारमा कमिसन घटाउँदा झनै समस्या पर्ने उनले टिप्पणी गरे ।

नयाँ ब्रोकरको नेतृत्व गरिरहेका सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष तथा धितोपत्र ब्रोकर एसोसिएसन नेपालका महासचिव कृष्ण गिरीले बोर्डको निर्णय बजारको विकास, लगानीकर्ताको आत्मबल बढाउन र उनीहरूको हितमा भएकाले अब कारोबार रकम बढ्ने आशा व्यक्त गरे । “नियामक निकायले ब्रोकरहरूको स्थायित्वका लागि पनि सोच्नुपर्छ,” उनले भने, “केही संशोधन गरेर मार्जिङ लेन्डिङ र पोर्टफोलियो मेनेजमेन्ट सेवा थप गरिदिएमा बजारको विकासमा सहयोग पुग्छ ।”

बजार विकासका निम्ति भन्दै केही समयअघि अर्थमन्त्री वर्षमान पुनले सुझाव मागेका थिए । तर, अहिलेसम्म बजारको विकासका लागि केही कदम चालेका छैनन् । सरकारले जेठ १ गते नीति तथा कार्यक्रम र जेठ १५ मा बजेट ल्याउँदै छ । यसले पुँजीबजारलाई केही राहत दिने लगानीकर्ताको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro