site stats
बाह्रखरी :: Baahrakhari
देश
नदीमा नुहाउने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

कैलाली । कैलालीको कैलारी गाउँपालिका–८, लोहरपुरस्थित तेडी बाँध नदीमा नुहाउने क्रममा डुबेर आइतबार दुई बालबालिकाको मृत्यु भएको छ ।

कैलारी–८, लोहरपुरका सात वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिए ।

बालक खड्काको घटनास्थलमै र बालिका साउदको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकोे उनले बताइन् । दुवैको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १९:१०
प्रतिक्रिया दिनुहोस्