site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ललितपुरविरुद्ध सुदूरपश्चिम डीएलएसअनुसार ११ रनले विजयी 

काठमाडौं । ललितपुर मेयर्स महिला च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ विरुद्ध डकवर्थ लेविस (डीएल) पद्धतिअनुसार ११ रनको जित निकालेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२२ रनको योगफल खडा गरेको थियो । १२३ रनको लक्ष्यसहित मैदान उत्रिएको ललितपुरले ११ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ४५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

यसपछि खेल सुरू हुन नसक्दा सुदूरपश्चिम डीएलएसअनुसार १६ रनले विजयी भएको हो । ललितपुरकी कप्तान पूजा महतो १४ र सरस्वती घर्तिमगर १२ रनमा ब्याटिङ गरिरहेकी थिइन् ।

त्यसअघि पहिले ब्याटिङमा आएको सुदूरपश्चिमकी कप्तान विन्दु रावालले  ३० रन बनाएकी थिइन् । कविता जोशीले २५, लक्ष्मी साउदले १५, सावित्री धामीले १७ र सम्झना खड्काले १३ रन बनाइन् ।

ललितपुरकी पुजा कृतिका मरासिनी र आर्ती महतोले समान दुई विकेट लिएका थिए । पूजा महतो र त्रिशणा विश्वकर्माले एक–एक विकेट हात पारे ।

प्रतियोगितामा पहिलो खेलमै जित निकालेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट दुई अंक जोडेको ललितपुर तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro