site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रियाल कोपा डेल रेको फाइनलमा 

काठमाडौं । रियाल मड्रिड स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । 

प्रतियोगिताको सेमिफाइनल दोस्रो लेगमा मंगलबार राति रियाल सोसिडाडसँग ४–४ को बराबरीमा रोकिए पनि पहिलो लेगमा निकालेको जितका कारण रियालले फाइनल यात्रा तय गरेको हो । 

यसअघि रियालले सेमिफाइनलको पहिलो लेगमा १–० को जित निकालेको थियो । रियालले सोसिडाडविरुद्ध समग्रमा ५–४ को जित निकालेको हो ।

मंगलबारको रोमाञ्चक बराबरीमा रियालका एन्ड्रिक, जुड बेलिङ्घम, औरेलियन चुवामेनी र एन्टोनियो रुडिगरले गोल गरे । सोसिडाडले मिकेल ओयारजाबालले दुई गोल गरे । एन्डर बेरेनेट्क्सियाले एक गोल थप्दा सोसिडाडले एक गोल भने आत्मघाति उपहार पाएको थियो । 

रियालले अब उपाधिका निम्ति क्याटालन क्लब बार्सिलोना र सहरिया प्रतिद्वन्दी एट्लेटिको मड्रिडबीचको विजेतासँग खेल्नेछ । कोपा डेल रेको फाइनल अप्रिल २६ मा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro