अर्थ व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को चैत महिनामा महँगी ४.६१ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको चैतमा उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ ।
चैत महिनामा काठमाडौं उपत्यकाको महँगी ४.०६ प्रतिशत छ । यस्तै, तराईको महँगी ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको महँगी ४.३२ प्रतिशत रहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ १४:०१
प्रतिक्रिया दिनुहोस्