site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कामीरिता शेर्पाले गरे २९औँ पटक सगरमाथा आरोहण
फाइल तस्बिर ।

काठमाडौं । पर्वतारोही कामीरिता शेर्पाले २९औँ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ७ बजेर २५ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

उनले सबैभन्दा बढी सगरमाथा चढ्ने आफ्नै पुरानो रेकर्ड तोडेका हुन् । उनी सेभेन समिट ट्रेक्सका तर्फबाट सगरमाथा आरोहणमा गएका हुन् ।

Dabur Nepal
NIC Asia

सेभेन समिट ट्रेक्सले सामाजिक सञ्जालमा भनेको छ, “यो आरोहणले कामीरितालाई ‘सगरमाथाको सबैभन्दा सफल आरोहण’ को व्यक्तिगत उपाधि दिलाएको छ ।”

सेभेन समिट ट्रेकमा सिनियर गाईडका रुपमा कार्यरत कामीरिता सोलुखुम्बुको थामेका हुन् । ५४ वर्षीय कामीरिताले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आइरहेका छन् । उनले सन् १९९२ मा सगरमाथा आरोहण अभियानमा सर्पोट स्टाफ सदस्यको रुपमा सामेल हुँदा सुरु गरेका थिए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro