site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्णालीमा सर्वदलीय बैठक आह्वान
मुख्यमन्त्री यामलाल कँडेल । फाइल तस्बिर ।
SkywellSkywell

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । मुख्यमन्त्री कँडेलले आउँदो जेठ ४ गते बस्ने गरी शनिबार बैठक आह्वान गरेका हुन् ।

कर्णालीको समग्र विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरिएको उनले जानकारी दिए । “समृद्धि र विकास सबैको साझा सरोकारको विषय हो,” उनले भने, “एक्लाएक्लै हिँड्नुभन्दा सबै राजनीतिक दलहरूबीच साझा सहमति खोज्ने उद्देश्यले जेठ ४ गते बस्ने गरी बैठक आह्वान गरिएको हो ।”

Dabur Nepal
NIC Asia

मुख्यमन्त्री कँडेलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्षसहित तीन र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका निम्ति आमन्त्रण गरिएको बताए ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ । नीतिगत व्यवस्थाअनुसार कर्णाली प्रदेश सरकारले जेठमा नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउने गरी तयारी थालेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २१:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu