site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु
फाइल तस्बिर ।

ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ शनिबारदेखि तान्न थालिएको छ ।

पुल्चोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पुर्‍याइनेछ । रथ निर्माण यही वैशाख १२ गतेदेखि सुरु गरिएको थियो । वैशाख २७ गते मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

Dabur Nepal
NIC Asia

रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पुर्‍याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ ।

रथयात्रा हेर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीट्जरल्यान्ड, थाइल्यान्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र विश्व बैंक, युनिसेफ, यूएसएआईडी, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधि सहभागी भए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro