site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्यो : अग्नि सापकोटा
प्रेस सेन्टर नेपाल धादिङले शनिबार बिहान धादिङबेँसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा (माओपादी केन्द्र)का प्रवक्ता एवम् पूर्व सभामुख अग्नि सापकोटा । तस्बिर : शंकर श्रेष्ठ/रासस

धादिङ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

अहिलेको संसद्ले जनतालाई आशावादी बनाउन नसकेको र अराजकताको अवस्थामा देश पुगेकाले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

प्रेस सेन्टर नेपाल धादिङले शनिबार धादिङबेँसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले संसद्लाई सहमतिपूर्वक सञ्चालन गरेर संसद्लाई जिवन्त, गतिशील र जनमुखी बनाउनुपर्नेमा जोड दिए ।

"राष्ट्रिय सहमतिमा जति ढिला गर्‍याे देशको अस्तित्वमाथि प्रश्न चिह्न खडा हुन्छ । सहमति, सहकार्य र समन्वय गर्दै अघि बढ्नुपर्छ," उनले भने ।

प्रवक्ता सापकोटाले आगामी बजेटले कृषि क्षेत्रलाई सर्वाधिक महत्त्व दिएर नवप्रवर्धनमा जोड दिने खालको बजेट ल्याउनुपर्ने विचार व्यक्त गरे ।

सबैका लागि समृद्धि हुने नीति, कार्यक्रम र बजेट सरकारले ल्याएर देशलाई विकासको बाटोमा अघि बढाउन आवश्यक भएको उनले उल्लेख गरे । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro