site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ब्राजिलमा बाढीबाट १०७ जनाको मृत्यु, करिब १५ लाख प्रभावित
तस्बिर : रोयटर्स ।

काठमाडौं । ब्राजिलमा एक सातायताको भीषण वर्षा र रियो ग्रान्डे डु सुल नदीमा आएको बाढीका कारण १०७ जनाको मृत्यु भएको छ । 

देशको सिभिल डिफेन्स एजेन्सीका अनुसार, १४ लाख ७६ हजार मानिस बाढीबाट प्रभावित छन् । ७५४ जना घाइते र १६ हजार ४०० नागरिक विस्थापित भएका छन् । १३४ मानिस हराइरहेका जनाइएको छ ।

बाढीको विपत्तिका क्रममा लुटपाट र यौन दुर्व्यवहार गर्ने कम्तीमा ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ६ जना यौन दुर्व्यवहारमा संलग्न थिए ।

शुक्रबार (आज) र आइतबार (पर्सि) पनि ठूलो वर्षा हुन सक्ने त्यहाँको मौसम पूर्वानुमान गर्ने निकायले जनाएको छ । सीएनएनबाट ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro