site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘बैंकमा पैसैपैसा, बजार चलायमान नहुँदा व्यवसायी समस्यामा’
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थतन्त्रमा आएको शिथिलताले समग्र क्षेत्र प्रभावित छ । बैंकदेखि व्यावसायिक क्षेत्र समस्यामा छन् । अर्थतन्त्रमा आएको शिथिलताकै कारण सरकारले लक्ष्यानुसार राजस्व संकलन गर्न सकेको छैन ।

चालु आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ । सरकारले वैशाख २७ गतेसम्म आठ खर्ब ३९ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारको लक्ष्य भेट्टाउन चालु आर्थिक वर्षका बाँकी दुई महिनामा ६ खर्बभन्दा बढी राजस्व संकलन गर्नुपर्छ ।

तर, अहिले व्यावसायिकजगत् नै समस्यामा परेको व्यवसायीले बताउँदै आएका छन् । बैंकमा लगानीयोग्य रकम हुँदाहुँदै पनि लगानी गर्न नसक्ने स्थिति भएकाले आर्थिक शिथिलतामा झनै सहयोग पुगेको बैंकर्स बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“बैंकहरूमा एनपीए बढ्दै गएको छ । बैंकिङ इन्डस्ट्रीमा रिकोभरीको च्यालेन्ज बढी आइरहेको छ,” नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञावालीले भने, “बैंकमा पैसैपैसा छ । अन्तरबैंकिङ ब्याजदर तीन प्रतिशतभन्दा तल भरेको छ । तर, नयाँ क्षेत्रमा लगानी गर्न सक्ने अवस्था नहुँदा बजार चलायमान छैन ।”

नेपाल राष्ट्र बैंकका अनुसार, सोमबारसम्म ६१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब १० अर्ब रुपैयाँ लगानी गरेका छन् ।

Global Ime bank

बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८०.५४ प्रतिशत छ । राष्ट्र बैंकको निर्देशिका अनुसार बैंकहरूले यस्तो रेसियो ९० प्रतिशतसम्म कायम गर्न पाउनेछन् । हालको कुल डिपोजिटको ९.४६ प्रतिशत लगानी गर्न सक्ने क्षमता छ । तर, खराब कर्जा बढेकाले बैंकहरू लगानी गर्न सक्ने स्थितिमा छैनन् ।

राष्ट्र बैंकले अब लगानीका निम्ति केही नयाँ सोच्नुपर्ने बैंकर्स बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले पनि बैंकिङ क्षेत्र समस्याबाट गुज्रिरहेको बताए ।

कार्यक्रममा सहभागी अरू वक्ताले पनि वर्तमान अवस्थालाई छिचोल्न सरकारले केही नयाँ कदम चाल्नुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवाणी राणाले सरकारका परिवर्तित कानुनले व्यवसायी समस्यामा परेको बताइन् ।

अहिले ब्याजदर एकल अंकमा भए पनि कुन बेला बढ्ने टुंगो नहुने कारणले व्यवसायी ऋण लिन डराइरहेको उनको भनाइ छ । “स्टेबल नीति र स्टेबल इन्टेस्ट रेट नहुँदा व्यवसायीलाई समस्या परेको छ,” राणाले भनिन् ।

उनले अहिले व्यवसायीको ‘कन्फिडेन्ट’ कमजोर हुँदा पनि समस्या निम्तिएको बताइन् । स्वदेशी उद्योगी–व्यवसायी नै धराशायी भएको अवस्थामा विदेशीले लगानी गर्ने विषय सोच्नुपर्ने उनले उल्लेख गरिन् । वर्तमान नीतिलाई परिमार्जन गरेर व्यावसायिक वातावरण सहज बनाउनुपर्ने उनको भनाइ छ ।

महांघका अध्यक्ष चन्द्र ढकालेले पनि सरकारले ल्याउने नीति तथा कार्यक्रम व्यवसायीको मनोबल बढाउने हुनुपर्नेमा जोड दिए । अर्थतन्त्र समस्यामा नभए पनि व्यवसायीको काम गर्ने इच्छा र चाहना कमजोर हुँदा बजार चलायमान हुन नसकेको उनको बुझाइ छ ।

“अर्थतन्त्रमा आएको समस्या एक पक्षले गर्दा मात्र हैन । यो समस्या सबै मिलेर समाधान गर्नुपर्छ,” उनले भने, “बजार चलायमान हुन सरकारी पक्षबाट नै केही खुकुलो नीति अपनाउनुपर्ने जरुरी छ ।” 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय