site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा

काठमाडौं । संघीय लिम्बुवान पार्टी नेपालबाट जसपा नेपालमा समाहित भएका नेताहरूले जसपा नेपाल छाडेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेको घोषणा गरेका हुन् ।

उनीहरूले प्रा. डा. महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा लावतीले पछिल्लो समय पार्टीको मुख्य नेतृत्व पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको आरोप लगाए ।

उनले अहिले आफूहरूले जसपा नेपाल वा जसपा कुनैको पक्ष नलिने तर पहिचानवादीसँग सहकार्य गर्ने बताए । नेपालमा सदियौँदेखि एकल जातीय राज्य स्थापित भएको र अहिले पनि त्यो कायमै रहेको उनको भनाइ छ । उनले नेपाली राज्य बहुजातीय हुनुपर्ने र सबैको पहिचान स्थापित हुनुपर्नेमा जोड दिए ।

जसपा नेपालमा पहिचानबारे विचार राम्रोसँग समेटिएकाले आफूहरू पहिला उक्त पार्टीमा लागेको उनले उल्लेख गरे । तर, पछिल्लो समय पहिचानको आन्दोलन र त्यसको विस्तारमा जसपा नेतृत्वले समर्थन नगरेको उनले बताए । मोर्चाले प्रदेश नम्बर–१ पुनः नामांकन संयुक्त संघर्ष समितिलाई सघाउने उनको भनाइ छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro