site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कानुन दिवसले जनआस्थामा आधारित न्यायिक पद्धतिको विकासमा  प्रेरणा दिनेछ : प्रधानन्यायाधीश
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायापालिकाकाको माध्यामबाट पहुँचयोग्य तथा जनआस्थामा आधारित न्यायिक पद्धति विकास हुँदै गरेको बताएका छन् । ७४औं कानुन दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा प्रधानन्यायाधीश श्रेष्ठले यस दिनले संविधानले परिकल्पना गरेको न्यायलय र जनआस्थामा आधभारित न्यायिक पद्धति विकासमा मार्फत् कानुनको शासनको प्रवद्र्धन गर्न प्रेरणा प्रदान गरेको बताएका हुन् । 

“नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको माध्यमबाट पहुँचयोग्य तथा जनआस्थामा आधारित न्यायिक पद्धतिको विकास गरी कानुनको शासनको प्रवद्र्धन गर्न आजको यस विशेष दिनले हामी सबैलाई थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास मैले लिएको छु,” शुभकामना सन्देशमा प्रधानन्यायाधीश श्रेष्ठले भनेका छन्, “नेपालको संविधानले न्यायपालिकालाई सुम्पिएको न्याय सम्पादनको गहन र महत्त्वपूर्ण जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्नको लागि पञ्चवर्षीय रणनीतिक योजनामार्फत् न्यायिक सुधारका विभिन्न कार्यहरू अगाडि बढाइरहेको छ ।” उनले न्यायमा सबैको पहुँच प्ु¥याउन सूचना प्रविधिको प्रयोगलाई अझ बढाइँदै जाने जानकारी पनि दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा सर्वोच्च न्यायालय ऐन २००८ लागु भएको दिनलाई कानुन दिवसका रुपमा मनाइदै आएको छ । प्रधानन्यायाधीश श्रेष्ठले नेपालमा विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणको मूल्य मान्यताप्रति पूर्ण प्रतिबद्ध हुँदै न्यायिक पद्धति र न्यायपालिकाको संस्थागत सुधारमार्फत् नागरिकका हक अधिकारको संरक्षण गर्ने सन्दर्भमा सर्वोच्च न्यायालय ऐन कोसेढुंगाको रूपमा रहेकाले पनि कानुन दिवसको महत्व आजपर्यन्त उत्तिकै रहेको बताएका छन् ।

उनले न्यायपालिकाको क्रमिक र समयसापेक्ष सुधारको विषय न्यायपालिका मात्रको विषय नभई यसका सबै सरोकारवालाहरूको साझा चासो र सरोकारको विषय भएको भन्दै न्याय सम्पादनको कार्यलाई प्रभावकारी बनाउनको पनि सरोकारवाला समन्वय र सहकार्य आवश्यक र अपेक्षित हुने बताए । उनले सरोकारवाला निकायहरूबाट प्राप्त हुँदै आएको सकारात्मक सहयोग र समन्वयको कारणले विगतमा भन्दा यस वर्ष पुराना मुद्दाको फर्छ्यौटको दर बढेको भन्दै आगामी वर्षहरूमा समेत समन्वय र सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

Global Ime bank

सर्वाेच्च अदालतले कानुन दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान आयोजना गरेको थियो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसहित अतिविशिष्ट र विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement