
काठमाडौं । लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यकाभित्रका दुई शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिका–१७, खुसिबुमाअवस्थित दुई शाखामध्ये एउटा शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका–१६ स्थित खरिबोट, वनस्थलीमा स्थानान्तरण गरिएको छ ।
काठमाडौं महानगरपालिका–२६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बसपार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको बैंकले जानकारी दिएको छ ।
स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत् सेवा लिन सक्नेछन् । स्थानान्तरण भएसँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास बैंकको छ ।
हाल लक्ष्मी सन्राइज बैंकले २५८ शाखा, ३२१ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखारहित बैँकिङ एजेन्टमार्फत् सेवा दिँदै आएको छ ।