बाह्रखरी फोटो
काठमाडौं । बुधबार (आज) मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । बिहानैदेखि काठमाडौंका मिठाइ पसलहरूमा भीड लागेको छ । यस दिन आमालाई आफ्नो क्षमताअनुसार खानेकुरा, कपडा दिने चलन भएकाले मिठाइ पसलमा किन्नेको भीड लागेको हो ।
यसैगरी, यस दिन दिवंगत भएका आफ्नो आमाको नाममा मन्दिरमा गएर दान दिने चलन पनि छ । काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा विशेष मेला लाग्ने गरेको छ । दिवंगत आफ्नो आमाको नाममा तर्पण दिन जानेहरुको पनि मातातीर्थमा भीड लागेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१ १२:३३
प्रतिक्रिया दिनुहोस्