site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुरमा सिन्दूर जात्राको रौनक (तस्बिरहरू)

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा हर्षोल्लासका सिन्दूर जात्रा (सुथः सिया) मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये सिन्दूर जात्रा प्रसिद्ध जात्रा हो । 

जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरू हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो ।

Sindur-Jatra-(8)-1744706214.jpg
यसैगरी, विष्णुवीर, सिद्धिकालीलगायत देवदेवीको खट ल्याएर जात्रा मनाइएको छ । सिन्दूर जात्रा मध्यपुर थिमिको सबैभन्दा ठूलो जात्रा हो । जात्रामा थिमि क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट नौवटा गरी ३२ खटसहित नगर परिक्रमा गर्ने परम्परा छ ।

यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दूर खेल्दै सिन्दूर जात्रा मनाइन्छ । मूल देवता खटमा राखेर धिमे बाजाका साथ चिराक बाली सिन्दूर जात्रा मनाइने परम्परा छ ।

Sindur-Jatra-(9)-1744706214.jpg
जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमे बाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो ।

Sindur-Jatra-(7)-1744706214.jpg

 

Sindur-Jatra-(10)-1744706214.jpg

Sindur-Jatra-(11)-1744706214.jpg

Sindur-Jatra-(3)-1744706213.jpg

Sindur-Jatra-(4)-1744706213.jpg

Sindur-Jatra-(5)-1744706213.jpg

Sindur-Jatra-(6)-1744706213.jpg

Sindur-Jatra-(1)-1744706212.jpg

Sindur-Jatra-(2)-1744706212.jpg

 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १४:२६
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रतिक्रिया दिनुहोस्